नेपालगञ्जमा भिषण आगलागी, करोडौंको क्षति
काठमाडौं, कात्तिक ८ ।नेपालगञ्जको बीपीचोक नजिकै रहेका पाँचवटा पसलमा आगलागी भएको छ । । गएराती भएको आथलागिबाट करोडौंको क्षति भएको छ ।
साँझ सवा ६ बजे सुरुमा बिपीचोकका तीनवटा पसलबाट सुरु भएको आगलागीबाट ५ वटा पसलमा क्षति भएको हो ।
आगलागी नियन्त्रणका लागि नेपालगञ्ज विमान स्थललबाट दुईवटा र गुलरिया नगरपालिकाबाट दुईवटा दमकल मगाएर दुईघण्टा भित्रै आगो नियन्त्रणमा लिइएको थियो ।
आगलागीबाट जनता सिरक, हिमालय फर्निचर, रोशनी फर्निचर, किताब र फलफूल पसलमा आगो लागेको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।
उनका अनुसार जनता सिरक, हिमालय र रोशनी फर्निचरमा ठूलो क्षति भएको छ । जनता सिरकले मात्रै रु ५० लाख बढीको क्षति भएको बताएको छ । रु एक करोड बढीको क्षति भएको अनुमान गरिएको छ ।
आगजनी भएको स्थान नजिकै पेट्रोलपम्प रहे पनि तुरुन्तै पुगेका दमकल, सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका कारण ठूलो दुर्घटना हुनबाट भने बचेको थियो ।
यसअघि तीन महिनाअघि गत साउन २३ गते पनि त्यही नजिकका एक दर्जन बढी फर्निचर पसलमा आगलागी भएको थियो । पछिल्लो तीन महिनामा नेपालगञ्जमा पाँचवटा ठूला आगलागी भएका छन् । यस्ता आगलागीका नियन्त्रणका लागि भने समयमै दमलको व्यवस्था हुनपर्ने हो तर हुनसकेको छैन ।
प्रतिक्रिया दिनुहोस्