आलोपालो सरकारको नेतृत्व गर्ने कुनै सम्झौता भएको छैन : पोखरेल

काठमाडौं, कात्तिक ८ । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच आलोपालो सरकारको नेतृत्व गर्ने कुनै सम्झौता नभएको बताएका छन् ।

विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले दुुवै अध्यक्षबीच पार्टी एकीकरणका बेला त्यस्तो कुनै सहमति नभएको प्रष्ट पारेका हुन् ।

कार्यवाहक प्रधानमन्त्री पोखरेलले दुवै अध्यक्षबीच दैनिक भेटघाट र पार्टीका विषयमा छलफल भइरहेको बताए ।

उनले दुुवै पार्टी अलग–अलग पृष्ठभूमिबाट आएका हुुनाले पार्टी्भित्र छलफल र बहस हुुनुु सामान्य कुुरा भएकाले यसलाई हामीले विवाद भन्न नमिल्ने विचार राखे ।

‘अखबारमा आएका दुुई अध्यक्षबीच विवादसम्बन्धी समाचारमा सत्यता नभएको’ टिप्पणी गर्दै उनले आवश्यकताअनुुसार दुुवै अध्यक्षले पार्टीको कामको जिम्मेवारी लिन सक्नुहुने धारणा व्यक्त गरे ।

रक्षामन्त्री पोखरेलले नेकपा विप्लव समूहले राखेको शर्तको आधारमा वार्ता हुुन नसक्ने स्पष्ट पार्दै शान्तिपूर्ण मूलधारको राजनीतिमा आउनेलाई सदैव स्वागत गर्दछौँ भने ।

उनले सभामुख कसलाई बनाउने सम्बन्धमा पार्टी्भित्र कुनै छलफल नभएको प्रष्ट पारे ।
यता सभामुखको पल खाली भएसंगै नेतामा दौडधुप पनि निकै चलेको छ । नेपाली कांग्रेसले सभामुखकोपद आफ्नो पार्टीले पाउनु पर्ने अडान लिएको छ । तर यस बारे प्रधानमन्त्री ओली भने केहि बोलेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्