राजनीतिज्ञमा निष्ठाको खाँचो छ: पूर्वसभामुख नेम्वाङ

काठमाडौं, कात्तिक ६ । नेपाल कम्युनिष्ट पार्टीका नेता सुवास नेम्वाङले राजनीतिज्ञमा प्रष्ट वैचारिक दृष्टिकोण, सामाजिक आदर्श र निष्ठाको खाँचो रहेको औंल्याएका छन् ।
आज काठमाठौंमा आयोजित कार्यक्रममा उनले औंल्याएका हुन् । तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महामन्त्री गुरुङले संविधानसभामा फरक मत राखेर पनि संविधान निर्माणमा सहयोग गर्नुभएको उनले बताए ।


पहिलो संविधानसभामा उक्त पार्टीको नेतृत्व गरेका गुरुङले धर्मलगायत विषयमा फरक मत प्रकट गरेर पनि बहुमतलाई सम्मान गर्दै देशमा राजनीतिक स्थिरताको वातावरण तयार गर्न भूमिका निर्वाह गर्नुभएको पूर्व सभामुख नेम्वाङको भनाइ थियो ।

पछिल्लो समय राजनीतिमा अपराधीकरण बढेर गयो : कमल थापा

काठमाडौं, कात्तिक ६ । पार्टीका अध्यक्ष कमल थापाले राजनीतिमा अहिले अपराधीकरण बढेर गएको बताएका छन् । उनले पछिल्लोसमय शक्ति तथा सत्ताका लागि अमानवीय तरिकाले हत्या हिंसाका घटना भइरहेको बताए । त्यस्ता घटनालाई नियन्त्रण गर्न सरकार संवेशदनशील हुनुपर्नेमा जोड उनले दिए ।
मुलुकको विकास र समृद्धिका लागि उद्योगको विस्तार गरी उत्पादन बढाउनुपर्ने उनको भनाइ थियो ।

यस्तै नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले गुरुङको राजनीतिक निष्ठालाई सम्मान गर्नुपर्ने बताउँदै देशको राष्ट्रियताको पक्षमा सबै दलको साझा मत हुनुपर्छ भन्ने वैचारिक चिन्तनबाट गुरुङ निर्दे्शित हुनुभएको बताए । समाजसेवा, खेलकूद र राजनीतिक क्षेत्रमा गुरुङको योगदान उल्लेखनीय रहेको अन्य सहभागीहरूले त्यसबखत बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्