ठगी आरोपमा रामेछापबाट दुई व्यवसायी पक्राउ
काठमाडौं, कात्तिक ६ । प्रहरीले रामेछापका दुई जना व्यवसायीलाई पक्राउ गरेको छ । उपभोग्य सामानमा धेरै मूल्य लिई पर्यटक ठगी गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रमुख डिएसपी सन्तोष भट्टराईका अनुसार उनीहरु माथि कालोबजारी मुद्दामा अनुसन्धान भइरहेको छ ।
सदरमुकामस्थित मन्थली बिमानस्थलको नजिकै व्यवसाय गर्दै आएका एभरेष्ट गेटवे मिनिमार्केटका सञ्चालक जयकृष्ण अधिकारी र ट्रेडर्स ट्रान्जिट क्याफेका सञ्चालक पासाङ ल्हामु शेर्पालाई प्रहरीले कालोबजारी गरेको आरोपमा पक्राउ गरेको हो ।
मंगलबार पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत रामेछापबाट म्याद थप गरी हिरासतमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरी प्रमुख भट्टराईले बताए ।
जिल्ला बजार अनुगमन समितिले केही दिन बजार अनुगमन गर्दा उनीहरुले उपभोक्ताहरुसँग अत्याधिक मुल्य लिई सामान बिक्री गरेको पाइएको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी पाण्डे केसीले जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस्