भारतबाट नेपाल ल्याउँदै गरेको चार बोरा पटाका प्रहरीद्वारा बरामद

काठमाडौं, कात्तिक ५ । प्रहरीले भारतबाट नेपाल ल्याउँदै गरेको चार बोरा पटाका बरामद गरेको छ ।


प्रहरीले मोरङको रंगेली नगरपालिका वडा नम्बर ४ बेतौनाभन्दा दक्षिण चिसाङ खोलाको बाटो हुँदै भारतबाट नेपाल ल्याउँदै गरेको चार बोरा पटाका बरामद गरेको हो ।

अबैध रुपमा नेपालतर्फ पैदल ल्याउँदै गरेको ४ बोरा ५२ बण्डल नागिन पटका अन्दाजी मूल्य २ लाख २० हजार बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । रंगेली नपा ४ चोप्राहस्थितमा भारतबाट अवैध रुपमा नेपालतर्फ पैदल ल्याउँदै गरेको झिरझरे पटका १० बन्डल, फुलझरी पटका ६ बन्डल गरी ४ हजार बराबरको पटका इप्रका रंगेलीबाट खटिएको प्रहरी टोलीले बरामद गरेको छ ।

यसैगरी इप्रका रानीबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ विराटनगर म.न.पा. १५ र १६ न. वडाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याएको नागिन पड्का, कोब्रा पड्का, चकलेट बम, फुलझरी अन्य बिभिन्न किसिममा पड्काहरु गरी १० हजार बराबरको पटकाजन्य पदार्थ फेला पारी नियन्त्रणमा लिएको छ ।

यसैगरी विराटनगर १७ स्थित भित्रि सडक खण्डमा भारतबाट नेपालतर्फ भन्सार छली सामान ल्याउँदै गरेको अबस्थामा प्रहरीले २५ हजार मूल्य बराबरको कपडा, खैनी आदि सामान बरामद गरी विराटनगर भन्सार कार्यालय विराटनगर पठाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्