सभामुखमा कांग्रेसको दाबी रहन्छ : नेता लेखक
काठमाडौं, कात्तिक ५ । नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रतिनिधिसभाका सभामुख पदमा आफ्नो पार्टीको दाबी रहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा नेता लेखकले यस्तो दाबि गरेका हुन् ।
सभामुख र उपसभामुख पदमध्ये एक पद आफ्नो पार्टीले नपाए मान्य नहुने बताउदँै उनले फरक दलको सभामुख र उपसभामुख हुनुपर्ने संवैधानिक
व्यवस्था रहेकाले सभामुख पद प्रमुख प्रतिपक्ष दललाई दिनुपर्ने धारणा व्यक्त गरे ।
सभामुख र उपसभामुख पद एउटै दलले राखेर संविधान विपरितका गतिविधि अव हुन नदिने उनले बताए ।
साथै यति बेला सभामुखपदका लागि नेतामा रसाकसी र दौडधुप तिव्र रुपमा अगी बढेको छ । कांग्रेसले आफ्नो पार्टीले पाउनु पर्ने दाबि गर्दै आएको छ भने नेकपाका नेताहरु पनि आ आफ्नै रणनितिमा लागेका छन् ।
प्रतिक्रिया दिनुहोस्