डेढ लाख रुपैयाँसहित ८ जुवाडे चितवनबाट पक्राउ

काठमाडौं, कात्तिक ३ । प्रहरीले चितवनबाट डेढ लाख रुपैयाँसहित ८ जुवाडे पक्राउ गरेको छ ।
चितवन प्रहरीले आज बिहान डेढ लाख नगदसहित ८ जना जुवाडेलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका वडा नम्बर ११ अमनचोक स्थित शिवलाल कुमालको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

कार्यालयबाट खटिएको प्रहरी टोलीले नगद एक लाख ५० हजार रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्