रोकिराखेको गाडीमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

काठमाडौं । काठमाडौंको टेकुमा रोकिराखेको गाडीमा ठोक्किएर मोटरसाइकल चालकको ज्यान गएको छ ।मंगलबार राति ना ५ ख १६४३ नम्बरको रोकिराखेको ट्रकमा बा ३० ख ६११९ नम्बरको मोटरसाइकल ठोक्किँदा ढल्कु क्षेत्रपाटीका २४ वर्षका बिक्की महर्जनको ज्यान गएको प्रहरीले जनाएको छ । महर्जनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा ज्यान गएको हो ।

प्रतिक्रिया दिनुहोस्