उपत्यकामा दसैँको समयमा १० को मृत्यु, १४ गम्भीर घाइते

काठमाडौं, कात्तिक २ । यस वर्षको दशैंमा काठमाडौं उपत्यकाभित्र सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । घटस्थापनादेखि पूर्णिमासम्म ३५० सवारी दुर्घटनामा १० ले ज्यान गुमाएका महानगरीय ट्राफिक प्रहरीले बताएको छ । यस्तै १४ गम्भीर घाइते र ३०४ सामान्य घाइते भएका छन् ।


तीव्रगति र चालकको लापरवाहीका कारण धेरै दुर्घटना भएको महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए ।


गत वर्षको दसैँको समयमा २८५ सवारी दुर्घटनामा १३ ले ज्यान गुमाएका थिए भने आठ गम्भीर घाइते तथा २०२ सामान्य घाइते भएका थिए ।

यसैगरि महाशाखाले यस वर्षको दशैँको समयमा ट्राफिक नियम उलङ्घन गर्ने १४ हजार ९११ सवारी साधनलाई कारवाही गरेको छ । गत वर्षको दसैँमा पाँच हजार सवारी साधनलाई नियम उल्लङ्घन गरिएको भन्दै कारवाही गरिएको थियो ।

गत वर्ष भन्दा यस वर्षको दशैंमा सवारी दुर्घटनामा कमी आएको पनि प्रहरीले जनाएको छ । यसो हेर्ने हो भने अरु वर्ष जस्तो भन्दा यस वर्ष देशका विभिन्न ठाउँमा समेत त्यति दुर्घटना भएको देखिदैन् ।

प्रतिक्रिया दिनुहोस्