अझै नियन्त्रणमा आएन जाजरकोटको भाइरल प्रकोप

काठमाडौं । झन्डै तीन साता अघिदेखि जाजरकोटमा फैलिएको भाइरल ज्वरोको प्रकोप हालसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।

भाइरल प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरे पनि गाउँबाट बिरामी शिविरमा आउन नसक्दा उपचार कार्य प्रभावकारी हुन नसकेको हो । बिरामी गाउँमा भए पनि स्वास्थ्य शिविरमा ल्याउने मानिस नहुँदा उपचार प्रभावकारी हुन सकेको छैन ।

यसैबिच गत सोमबार भाइरल ज्वरोवाट मृत्यु भएका शिशुलाई कडा खालको भाइरलको शंका लागेकाले नमुना परीक्षणका लागि रोग नियन्त्रण महाशाखा, टेकु, काठमाडौँको प्रयोगशालामा पठाइएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

जिल्लाको जुनीचाँदे गाउँपालिकाको वडा नं १, २ र ३ लगायत अन्य वडा र बस्तीमा भाइरल फैलिएको छ । पाँच वर्षमुनिका बालबालिका र दीर्घरोगीमाथि कडारुपमा देखिएको भाइरल ज्वरोबाट अहिलेसम्म १२ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्