संखुवासभाबाट पाँच किलो सुन र ३८ हजार रुपैयाँसहित एक जना पक्राउ

काठमाडौं, असोज २९ । प्रहरीले पाँच किलो सुन र ३८ हजार रुपैयाँसहित संखुवासभाबाट एक जनालाई पक्राउ गरेको छ ।


भोटखोला गाउँपालिका २ को लिङगाममा पाँच किलो सुनसहित सुनसहित खाँदबारी नगरपालिका १ बस्ने २६ वर्षीय तोप्चेन भोटेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) मिमबहादुर लामाले जानकारी दिए ।

सोमबार चेपुवा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले चेक गर्दा सुन र नगद फेला परेको उनले बताए । पक्राउ परेका उनको साथबाट ३८ हजार रूपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्