दिनदाहाडै सडकमा हिँडिरहेकालाई खुुकुरी प्रहार, आरोपमा काठमाडौंको सिनामंगलबाट एक जना पक्राउ
काठमाडौं, असोज २८ । खुुकुरी प्रहार गरेको आरोपमा काठमाडौंको सिनामंगलबाट प्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौंको जयवागेश्वरीमा सडकमा हिँडिरहेका एक व्यक्तिमाथि खुकरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ति एक युवकलाई पक्राउ गरेको हो ।
फुलपातीका दिन सडकमा हिँडिरहेका नरेश देउजालाई घाइते बनाएको आरोपमा मंगलबार काठमाडौंको सिनामंगलस्थित सुकुम्बासी बस्तीबाट विक्रम लिम्बुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका लिम्बुले व्यक्तिगत रिसइवी साँध्न खुकुरी प्रहार गरेको भन्ने बयान दिएको महानगरीय प्रहरी परीसरका काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
घाइते देउजाको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जम उपचार भैरहेको पनि प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्