डेढ किलो चाँदीका तयारी गहनासहित एक जना पक्राउ
काठमाडौं, असोज २६ । प्रहरीले डेढ किलो चाँदीका तयारी गरगहनासहित एकजनालाई महोत्तरीबाट पक्राउ गरेको छ ।
महोत्तरीको जलेश्वर नगरपालिका–६ स्थित परिक्रमा रोडबाट सशस्त्र प्रहरीले आइतबार करीब डेढ किलो चाँदीका तयारी गरगहनासहित जलेश्वर नगरपालिका–६ का ३१ वर्षीय सुरज साहलाई पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले बताए ।
अनटेस्ट मोटरसाइकलमा चढी भारतको बिहार राज्यको भिट्ठामोड शहरबाट भन्सार छली अवैधरुपमा ल्याएको एक किलो दुई सय ४० ग्राम चाँदीका पायल, सिक्री र औँठीलगायतका तयारी गरगहनासहित साहलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
चाँदीका गहना र मोटरसाइकलसहित पक्राउ परेका साहलाई आवश्यक कानुनी कारवाहीका लागि भन्सार कार्यालय जलेश्वरमा बुझाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्