रातारात ठमेल र रत्नपार्कबाट ५४ बालबालिकाको उद्धार
काठमाडौं, असोज १४ । काठमाडौंको ठमेल र रत्नपार्कबाट ५४ बालबालिकाको उद्धार गरिएको छ । राष्ट्रिय बालअधिकार परिषद्ले ५४ जना सडक बालिबालिकाको उद्धार गरेको हो ।
काठमाडौँ उपत्यकालाई सडक बालबालिकामुक्त शहर बनाउने नेपाल सरकारको अभियान नै रहेको छ ।
यसै अनुरुप राष्ट्रिय बालअधिकार परिषद् र बालबालिका खोजतलास समन्वय केन्द्रको संयुक्त टोलीलेगए राति ठमेल, रत्नपार्क र नयाँ बसपार्कबाट २८ जना बालिकासहित ५४ जनालाई उद्धार गरिएको हो ।
उद्धार गरिएको सबैलाई अल्पकालीन संरक्षणको व्यवस्था गरिएको छ । उनीहरुलाई मनोपरामर्श दिई अभिभावकसमक्ष जिम्मा लगाइने परिषद्का प्रशासकीय प्रमुख कृष्णप्रसाद भुसालले जानकारी दिए ।
गत साउनदेखि परिषद्ले नियमित रुपमा विभिन्न कारणले सडकमा अलपत्र अवस्थामा रहेका बालबालिकाको उद्धार गर्दै आएको छ ।
साउनदेखि हालसम्म परिषद्ले २०० बालबालिकाको उद्धार गरिसकेको जनाएको छ । उद्धार गरिएका बालबालिका तीनदेखि १८ वर्ष उमेर समूहका छन् । यस्ता धेरै बालबालिकाहरु सडकमा अलपत्र पर्ने गरेका छन् ।
भविष्यका कणधारहरु आज यसरी बिच्चलीमा पर्न गएका हुन् । यहाँ मात्रै होइन देशका विभिन्न क्षेत्रमा यस्ता बालबालिका धेरै रहेका छन् । यसका सरकारले अभियान चलाएपनि कतिको कार्यान्वयन हुन्छ त्यो बिस्तारै थाहा हुन्छ होला ।
प्रतिक्रिया दिनुहोस्