गाई काटेको अभियोगमा तीनजना पक्राउ

काठमाडौं, असोज १४ । पूर्वी चितवनमा गाई काटेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

कालीका नगरपालिका–३ दुई सय बिगाहास्थित जनप्रिय टोलमा आज बिहान गाई काट्दै गरेको अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । अन्य दुईजना भने फरार रहेका छन् ।


अनुसार पक्राउ पर्नेमा कालीका नगरपालिका–३ बस्ने ३५ वर्षीया निरमाया तामाङ, २७ वर्षीया अञ्जना तामाङ, र १८ वर्षीय अमिर तामाङ रहेका छन् । उनीहरुलाई बिहान निरमायाको आँगनमा गाई काटिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

फरार रहेका दुई जनाको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायब उपरीक्षक भावेश रिमालले यस बारे थप अनुसन्धान भइरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्