सुन तोलामा ७० हजार रुपैयाँमा कारोबार

काठमाडौं, असोज १३ । आज सुन तोलामा ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ । नेपाली बजामार सुनको भाउ सोमबार पनि घटेको छ ।

केही दिनयता सुनको मूल्यमा केही गिरावट आएको छ । सुनमा गिरावटा आएसैगै व्यवसायी पनि सुनसान छ । किने ग्राहक पनि घटेका छन् ।


आइतबार तोलामा ७० हजार २०० मा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार रु २०० घटेर ७० हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


यस्तै तेजावी सुन ६९ हजार ७०० मा कारोबार भएको छ । चाँदी पनि सोमबार रु ५ ले घटेर रु ८४० मा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्