सप्तरीमा चिसोबाट दुई बालबालिकाको मृत्यु

काठमाडौं । एक हप्तादेखि पूर्वी तराईमा बढेको चिसो र शीतलहरका कारण सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ मा सोमबार बेलुका स्थानीय बासिन्दा गुल्डेन मण्डलकी ६ महिनाकी छोरी पार्वतीको ज्यान गएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।

यस्तै सप्तरीको शम्भुनाथ नगरपालिका–२ मा पनि स्थानीय आधारभूत विद्यालय कनकपटीमा कक्षा १ मा अध्ययनरत सात वर्षीय जीतेन्द्र सदाको कठ्याङ्ग्रिएर ज्यान गएको इलाका प्रहरी कार्यालय कल्याणपुरलाई उद्धृत गर्दै स्थानीय बासिन्दाले जनाएका छन् ।

दुवैको शव परीक्षणका लागि राजविराजमा रहेको गजेन्द्रनारायण सिंहह सगरमाथा अञ्चल अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यससँगै सप्तरीमा अहिलेसम्म १८ जनाको चिसोबाट ज्यान गएको छ । तर प्रहरीले भने ६ जनाको मात्र पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्