आइतबारदेखि १० चक्के सवारी लाई काठमाडौं प्रवेशमा रोक
काठमाडौं, असोज १० । आइतबारदेखि काठमाडौंका १० चक्के सवारी चल्न नपाउने भएका छन् ।
आइतबारदेखि यातायात व्यवस्था विभागले ठूला मालवाहक सवारीसाधनलाई काठमाडौं प्रवेशमा रोक लगाएको छ।
आइतबार १२ गतेदेखि १८ गतेसम्मका लागि १० चक्के र सो भन्दाका माथिका सवारीको आगमनमा रोक लगाइएको हो।
त्यस्ता सवारीसाधनहरुलाई चितवनको नारायणघाटमै रोकिने विभागले जनाएको छ। अति आवश्यक खाद्यान्न सामग्री, कपडा, औषधि, तरकारी लगायतका सामाग्रीहरु बोकेका सवारीलाई भने भित्रिन पाउने छन्।
विभागले दसैमा काठमाडौ बाहिर जाने र आउने यात्रुलाई सहज गराउन भन्दै यस्तो निर्णय भएको जनाएको छ।
यस्तो ठूला मालवाहक सवारीले यात्रुहरुले सास्ताी पाउने गर्दछनु भने समयमा पुग्नु पर्ने स्थानमा समेत पुग्न पाउदैनन् । दशैंमा यात्रु तथा सवारीको निकै चाप हुने गर्नाले पनि संचालनमा रोक लगाएको हो ।
प्रतिक्रिया दिनुहोस्