काठमाडौँको गोकर्णेश्वरमा ट्रकको ठक्करबाट २ वर्षीय बालकको मृत्यु

काठमाडौँ , असोज ७ । काठमाडौँको गोकर्णेश्वरमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

गोकर्णेश्वर नगरपालिका-३ सुन्ताखानमा मंगलबार बिहान बा३ख ३७०८ नम्बरको ट्रकको ठक्करबाट भारत घर भइ गोकर्णेश्वर बस्ने राजु अहमदका दुई वर्षीय छोरा अरमानको मृत्यु भएको हो ।

गोकर्ण्स्थित महानगरीय प्रहरी प्रभागका प्रहरी नायब निरीक्षक प्रभाकर पुडासैनीले ट्रकले किचेका बालक अरमानको घटनास्थलमा मृत्यु भएको जानकारी दिए ।

ट्रक र चालक कृपाजित राईलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्