वीरगञ्जबाट १ लाख ३० हजार भारुसहित भारतीय नागरिक पक्राउ

काठमाडौं, असोज ७ । प्रहरीले वीरगञ्जबाट १ लाख ३० हजार भारुसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा भारत पश्चिम चम्पारण बेतिया मझौलिया थाना(३ छौरहियाका ३६ वर्षीय रबिन्द्र यादव रहेको प्रहरीले जनाएको छ ।

हरीले वीरगञ्जबाट १ लाख ३० हजार भारुसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत पश्चिम चम्पारण बेतिया मझौलिया थाना(३ छौरहियाका ३६ वर्षीय रबिन्द्र यादव रहेको प्रहरीले जनाएको छ ।


उनको साथबाट सशस्त्र प्रहरीले २ हजार दरका ३० थान र ५ सय दरका १४० थान बरामद गरेको थियो ।
राजश्व तथा भन्सार गस्ती सुरक्षा पर्साको टोलीले उनलाई मंगलबार विहान वीरगञ्ज १६ भन्सार मुलगेटबाट सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

शरीरमा लुकाएर अवैध रुपमा भारतीय रुपैयाँ लिएर नेपालबाट भारत तर्फ लैजाँदै गरेको अवस्थामा उनलाई नियन्त्रणमा क्लिएको सशस्त्र प्रहरी नायब उपरीक्षक अमर खत्रीले बताए ।

यता बरामद गरिएको रकमसहित यादवलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुशन्धान कार्यालय पथलैया बारामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्