२ लाख रकमसहित ५ जना जुवाडे पक्राउ

काठमाडौं, असोज ६ । प्रहरीले बझाङबाट २ लाख रकमसहित ५ जना जुवाडेलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङले आइतबार राति नगदसहित ५ जना जुवाडेलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुर्मा गाँउपालिका वडा नम्बर १ का २८ वर्षीय देवचन्द बोहरा र ४० वर्षीय मानबहादुर बोहरा, वडा नम्बर २ का ३८ वर्षीय शेरबहादुर बोहरा, हुम्लाको सिमिकोट गाँउपालिका–३ का ३९ वर्षीय फन्जुङ लामा र जयपृथ्वी नगरपालिका–८ का ४० वर्षीय मंगल बोहरा रहेको प्रहरीले जनाएको छ ।

आइतबार राति साढे १२ बजेको समयमा जुवा खेल्दै गरेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।
जुवा खेलिरहेको अवस्थामा उनीहरुको साथबाट २ लाख १९ हजार ५ सय ७२ रुपैयाँसहित तीन जोडी तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्