राजधानीको गोंगबुबाट प्रहरीद्वारा ३० जना पक्राउ

काठमाडौं, असोज २ । प्रहरीले राजधानीको काठमाडौंको गोंगबुबाट ३० जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तेस्रो लिङ्गी २ जना, महिला ८ जना र २० पुरुष जना गरी ३० जना रहेको महानगरीय प्रहरी वृत्त महाराजगन्ज प्रमुख डीएसपी उमेश लम्सालले जानकारी दिए ।

असामाजिक र शंकास्पद गतिविधिमा संलग्न रहेको पाइएपछि उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिँदै डीएसपी लम्सालले पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्