नागढुङ्गाबाट लागुऔषध सहित तीनजना पक्राउ
काठमाडौं , असोज १ । नागढुङ्गाबाट लागुऔषध सहित तीनजना पक्राउ परेका छन् । प्रहरीले छुट्टाछुट्टै चेकजाँचको क्रममा नागढुङ्गाबाट प्रतिबन्धित लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले चन्द्रागिरि २ स्थित चेकपोस्टमा चेक जाँच गर्ने क्रममा २ जनालाई र एक जनालाई कंलकीबाट पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार बिक्रम थापका अनुसार बिर्तामोडबाट काठमाडौँ तर्फ आउँदै गरेको ना ५ ख ४९१३ नम्बरको बसवाट झापा बिर्तामोड ६ घरका शंकर राजवंशीलाई लागु औषध खैरो हेरोईन ३०.९० ग्राम सहित पक्राउ गरिएको छ ।
धरानबाट काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख ९४७९ नम्बरको बसबाट जिल्ला सुनसरी धरान उपमहानगरपालीका वडा नं. ७ का वर्ष २६ को आशिष श्रेष्ठलाई लागु औषध डाइजेल्याब ९ एम्पल, लुपिजेसिक ९ एम्पल र फेनिरामाईन ९ एम्पल गरी जम्मा २७ एम्पल र ५ थान सिरिन्ज सहित नियन्त्रणमा लिइएको छ । पक्राउ परेका माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्