चिसो र शीतलहरका कारण कैलालीका सामुदायिक विद्यालय बन्द

काठमाडौं । चिसो र शीतलहरका कारण कैलालीका सामुदायिक विद्यालयहरु बन्द गरिएका छन् ।तराई क्षेत्रमा बढेको अत्यधिक चिसो र शीतलहरका कारण विद्यालयहरु बन्द गरिएक हुन् ।

कैलालीमा पुस महिनाभरि सामुदायिक विद्यालय बन्द रहने जिल्ला शिक्षा अधिकारी गणेशबहादुर सिंहले जानकारी दिए । चिसो बढिरहेकाले पुस मसान्तसम्मका लागि सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरिएको उनले बताए ।
अभिभावकहरु बाट चिसोमा छोराछोरीलाई विद्यालय पठाउन समस्या पारिरहेको गुनासो आएकाले साुमदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको उनले बताए ।
चिसोका कारण गर्भवती तथा सुत्केरी महिला, नवजात शिशु, विद्यालय जाने उमेरका केटाकेटी र वृद्धावस्थामा रहेका नागरिकहरुको स्वास्थ्य प्रभावित भएको छ ।

यसैबीच कञ्चनपुरमा पनि चिसोका कारण तीन दिन विद्यालय बन्द गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्