कैलालीको लम्कीमा बसको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं । कैलालीको लम्कीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट धनगढी आउँदै गरेको ना ५ ख ७६९२ नम्बर बसको ठक्करबाट लम्की चुहा नगरपालिका वडा नम्वर १ तिल्केनीकी २५ बर्षीया धनरुपा खनालको मृत्यु भएको हो ।
बाटो काट्ने क्रममा तीब्र गतिमा रहेको बसले ठक्कर दिंदा उनको मृत्यु भएको प्रहरीले जनाएके छ । बस र चालकलाई ईलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ ।
मृतकका आफन्तले क्षतिपूर्ति र कारवाहीको माग गर्दै लम्कीमा सडक अवरुद्ध गरेका छन् । लम्कीमा एक हप्ता अगाडिमात्रै दुर्घटनामा परी एक जनाको मृत्यु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्