वन्यजन्तु मारेको अभियोगमा ७ जना प्रहरीको नियन्त्रणमा

काठमाडौं, भदौ २९ । । जिल्ला प्रहरी कार्यालय सल्यानले वन्यजन्तु मारेको अभियोगमा सात जनालाई पक्राउ गरेको छ ।

जिल्लाको शिद्ध कुमाख गाउँपालिकाको ईग्रेखोलामा रतुवा मारेर मासु भागवन्डा गर्दै गरेका सात जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा सवै स्थानीय हुन् । ईलाका प्रहरी कार्यालय रागेचौरबाट प्रहरी निरीक्षक घनश्याम श्रेष्ठको कमान्डमा गएको प्रहरीले गणेश केसी, शिबकुमार शाही, शोबे बुढा, कासे रावत, देवस्थल केसी, लिलाधर केसी र तेजबहादुर केसीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सातै जनालाई आवश्यक कानुनी कारवाहीका लागि डिभिजन वन कार्यालय खलंगामा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्