नुवाकोटमा कांग्रेस नेताको घर अगाडी बम विस्फोट

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता लाओस राईको नुवाकोटस्थित घर अगाडी आइतबार राती बम विस्फोट भएको छ ।नुवाकोटको लिखु गाउँपालिका–४ मा रहेको राईको घरमा राती १० बजेतिर अज्ञात समूहले राखेको बम ठूलो आवाजमा विस्फोट भएको नेता राईका बुबा भोजबहादुर्ले टेलिफोनमार्फत जानकारी दिए ।
विस्फोटका कारण मानवीय क्षति नभएपनि बरालको कुन्यूमा आगो लागेको छ ।
बम विस्फोटको घटनाबारे अनुसन्धान गर्न ढिकुरे प्रहरी चौकीबाट प्रहरी नायब निरिक्षक टेक बहादुर पालको नेतृत्वमा टोली घटना स्थल पुगेको छ । विस्फोटको घटनाले जनजीवन त्रसित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्