एक्स्काभेटरको ठक्करबाट एक वृद्धको मुत्यु
काठमाडौं, भदौ २९ । संखुवासभामा एक्स्काभेटरको ठक्करबाट एक जना वृद्धको ज्यान गएको छ ।
संखुवासभाको खाँदबारी नगरपालिका–८ मा एक्स्काभेटरको ठक्करले खाँदबारी नगरपालिका–७ घर भएका ९१ वर्षीय सवरबहादुर राईको ज्यान गएको हो ।
उहाँका अनुसार केही दिन अघि देखि लगातार पानी परिरहेकाले तुम्लिङटारबाट चेवाबेशी सडकखण्डमा एक्स्काभेटर लगाएर सडक सम्याउने काम चलिरहेको थियो ।
त्यसै क्रममा बाटोमा हिँडिरहेका वृद्ध राईलाई एक्स्काभेटरले ठक्कर दिएपछि घाइते भएको र उपचारको लागि मनकामना अस्पताल तुम्लिङटारमा लगिएकोमा आइतबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोष राईले बताए ।
एक्स्काभेटर चालक प्रहरीको नियन्त्रणमा रहेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्