म्याग्दीको बेनी अस्पतालको सेवा प्रभावित
काठमाडौं । म्याग्दीको बेनी अस्पतालको सेवा प्रभावित भएको छ ।भौतिक संरचना निर्माणमा भएको ढिलाईका कारण म्याग्दीको बेनी अस्पतालको सेवा प्रभावित भएको हो।
गुणस्तरीय स्वास्थ्य सेवा र तीब्र प्रशासनिक सुधारका कारण स्वास्थ्य मन्त्रालयले दुई वर्षअघि बेनी अस्पताललाई ५० शैयामा स्तरोन्तति गर्ने निर्णय गरेको थियो ।
अस्पतालको भौतिक पूर्वाधार निर्माणका लागि प्रसुती, बहिरंग र दन्त विभाग रहेको भवनलाई भत्काएर नयाँ भवन निर्माण शुरु गरिएको हो ।
तर भवन निर्माणमा भएको ढिलासुस्तीका कारण यसअघि दिँदै आएको सेवासमेत अस्पतालले उपलब्ध गराउन सकेको छैन ।
ती विभागहरु यसअघि रहेको स्टोर कक्ष तथा बहिरंग विभागकै अर्को भवनको एउटा कुनाबाट सञ्चालन गरिँदै आएको छ ।४ हजार ९ सय ६३ वर्गमिटर क्षेत्रफलमा निर्माण हुने ४ तले भवनको निर्माण सम्झौता २०७३ साल मंसिर २१ गते भए पनि एक वर्ष ढिला गरी हालै मात्र निर्माण प्रक्रिया अघि बढेको छ ।
निर्माण प्रक्रिया ढिला सुरु हुनु, पुराना संरचना भत्काइनु र निर्माणका बेला अस्पताल परिसरमा हुने प्रदूषणका कारण अस्पतालले यसअघि हासिल गरेको साख खस्किँदै गएको छ ।
प्रतिक्रिया दिनुहोस्