पहिरोमा पुरिएर रुकुम पश्चिममा दुई बालिकाको मृत्यु
काठमाडौं , भदौ २६ । रुकुम पश्चिममा पहिरोमा पुरिएर दुई बालिकाको ज्यान गएको छ ।
मृत्यु हुनेमा कक्षा–४ मा पढ्ने सावित्रा विक र दिलमाया विक रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
पहिरोमा पुरिएर मुसिकोट नगरपालिका–१०, चुनको दलित नमुना बस्तीका दुई बालिकाको मृत्यु भएको हो ।
स्थानीय मालिका माध्यमिक विद्यालयबाट फर्कंदै गर्दा बुधबार उनीहरु पहिरोमा परेका थिए ।
पहिरोमा पुरिएलगत्तै उद्धार गरिएपनि उनीहरुलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ ।
उक्त क्षेत्र पहिरोको उच्च जोखिममा रहेको छ ।यस वर्ष रुकुम पश्चिममा बाढी र पहिरोमा परी चारजनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्