अज्ञात समुहद्वारा वडा कार्यालयमा तोडफोड
काठमाडौं, भदौ २६ । अज्ञात समुहले कैलालीको एक वडा कार्यालय तोडफोड गरेको छ ।
गौरीगंगा नगरपालिका वडा नम्बर २ को कार्यालयमा तोडफोड गरिएको हो।
दुई मोटरसाईकलमा आएका ६ जनाको समूहले वडा कार्यालयमा तोडफोड गर्दै वडा अध्यक्ष जनकबहादुर साउँद माथि पनि हातपातको प्रयास गरेको बताएको छ ।
समुहले चौमाला बजारमा रहेको वडा कार्यालयको कम्प्यूटर, प्रिन्टर, टेवुल लगायतमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।
माक्स लगाएर आएका उनिहरु तोडफोड पछि भागेका छन । तोडफोड गर्नेहरुको खोजी कार्य भईरहेको कैलाली प्रहरीले जनाएको छ । ।
प्रतिक्रिया दिनुहोस्