‘बैतडीमा सामाजिक सुरक्षाभत्ता वितरण हुन सकेन’

काठमाडौं । बैतडीमा सामाजिक सुरक्षाभत्ता अझै बितरण हुन सकेको छैन् । आर्थिक बर्ष ०७४-७५ को पहिलो चौमासिकको सुरक्षा भत्ता कार्तिकमै वितरण हुनुपर्नेमा भएपनि हालसम्म वितरण नभएका हो ।

चौमासिक रुपमा बितरणगर्दै आइएको सुरक्षाभत्ता चालु आर्थिक सुरु भएदेखि हालसम्म नपाउदा अपांगता भएका ब्यक्त, एकल महिला बृद्धबृद्धलाइ निकै समस्या भएको छ । बैतडीका स्थानीय तहहरुले समयमै सामाजिक सुरक्षाभत्ता वितरण गर्न नसक्दा नागरिक निराश बन्न थालेका छन् । बैतडीमा रहेका १० स्थानिय तहमध्ये दशरथचन्द नगरपालिका र पाटन नगरपालिका बाहेकका स्थानीय तहहरुले समयमै सामाजिक सुरक्षाभत्ता वितरण गर्न सकेका छैनन् ।

जेष्ठ नागरिक,दलित जेष्ठ नागरिक,एकल महिला, बालपोषणभत्ता लगायतका सबै सामाजिक सुरक्षाभत्ताहरु वितरण हुन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्