विप्लवका छोरा प्रकाश चन्दसहित १५ जना पक्राउ
काठमाडौं, भदौ २५ । नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्द सहित १५ जना मेडिकल शिक्षाका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
चितवन मेडिकल कलेजमा आन्दोलन गरिरहेका प्रकाशसहित १५ जना विद्यार्थीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्लले जानकारी दिए ।
प्रकाशको नेतृत्वमा चितवन मेडिकल कलेजका विद्यार्थीहरुले केही दिनयता आन्दोलन गरिरहेका छन् । नीति निर्माण तहको माग राखेर आन्दोलन गरिरहेका विद्यार्थीहरुका कारण अस्पतालको उपचार नै प्रभावित भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यता संसदीय समितीले मेडिकल कलेजहरुको सम्बन्धनमा नयाँ नियम बनाउनेबारे अध्ययन गरिहेको छ ।
चितवन मेडिकल कलेजले असुलेको शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थी र प्रहरीबीच झडप भएको थियो ।
झडपमा केही विद्यार्थी घाइते भएका छन् । झडपका क्रममा नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दसहित १५ जना पक्राउ परेका हुन् ।
भिडियो खिच्ने दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । चितवन मेडिकल कलेज परिसरबाट प्रहरीले ७ जना महिला र ११ पुरुषलाई नियन्त्रणमा लिएको हो ।
सरकारले निर्धारण गरेको शुल्क भन्दा बढी शुल्क लिएको भन्दै विगत केहि दिन यता चितवन मेडिकल कलेजमा चिकित्साशास्त्रमा अध्ययनरत विद्यार्थीहरु आन्दोलित हुँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्