बुटवलमा वडाध्यक्षद्वारा आत्महत्या प्रयास,कारण यस्तो छ
काठमाडौं, भदौ २१ । बुटवल उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष रमेश नेपालले आत्महत्या प्रयास गरेका छन् ।
वडा नम्बर २ स्थित आफ्नै घरमा बिहान ९ बजे नेपालले सिलिङ पंखामा झुण्डिएर आत्महत्या प्रयास गरेका हुन् ।
उनी झुण्डिन लागेको देखेपछि परिवारका सदस्यले अस्पताल र्पुयाएका थिए । बुटवलमा उपचार हुन नसकेपछि उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
घरायसी विवादका कारण उनले आत्महत्या प्रयास गरेको हुनसक्ने प्रहरीको अनुमान छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख भिमलाल भट्टराईले घटनाबारे प्रारम्भिक जानकारीमात्र भएको र थप कुरा अध्ययनपछि मात्रै भन्न सकिने बताए ।
उनको स्वास्थ्यअवस्था चिन्ताजनक रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्