२९ लाख अवैध रकमसहित एक भारतीय नागरिक पक्राउ
कठमाडौं, भदौ २० । २९ लाख अवैध रकमसहित एक भारतीय नागरिकलाई प्रहरीले कैलालीबाट पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ ल्याउँदै गरेको २९ लाख अवैत्र रकमसहित कैलाली प्रहरीले शुक्रबार कैलालीको त्रिनगर भन्सार नाकाबाट पक्राउ गरेको हो ।
यूपी ३१ एके ७३४८ नम्बरको कारबाट २५ लाख नेपाली र ३ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक अतुल बर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव परीक्षक दक्षकुमार वस्नेतले जानकारी दिए ।
विषेश सूचनाका आधारमा गाडीमा लुकाएको रकमसहित नियन्त्रणमा लिएको उनले बताए । पक्राउ परेका बर्मासँग ६वटा विभिन्न बैंकका एटिएम कार्डसमेत प्रहरीले बरामद गरेको छ ।
घटना शंकास्पद रहेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए। यस विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्