विप्लवको नाममा धम्की दिँदै रकम असुली गर्ने ३ जना पक्राउ
काठमाडौं, भदौ १५ । विप्लवको नाममा धम्की दिदैँ रकम असुली गर्ने तिन जनालाई प्रहरीले पक्राउ गरको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाले विप्लब समूहको नाममा बम पड्काउने धम्की दिँदै सरकारी कर्मचारीहरुबाट रकम असुली गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जनध्वनी साप्ताहिकका सम्पादक विकास कोइराला, बिश्वराज शर्मा र शुभम घिमिरे रहेको प्रहरीले जनाएको छ ।
सो समूहले सरकारी कार्यालय प्रमुखहरुलाई बम पड्काएर जिउज्यान लिनेसम्मको धम्की दिने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
प्रतिक्रिया दिनुहोस्