भारतीय सीमामा अवैध कारोबार ह्वात्तै बढ्यो
काठमाडौं, भदौ १५ । सप्तरीसँग जोडिएको भारतीय सीमा नाकाहरूबाट प्रतिबन्धित लागुऔषधको अवैध कारोबार ह्वात्तै बढेको छ।
लागुऔषध प्रयोगकर्ताहरू मात्रै नभई पछिल्लो समय संगठित रुपमै लागुऔषधका तस्करहरूले पनि सप्तरीका नाकाहरूलाई प्रमुखतासाथ प्रयोग गरिरहेको प्रहरी निकट स्रोतको दावी छ।
सीमा नाकाहरूमा प्रहरीको सक्रियता पनि नदेखिएको होइन, सप्तरी प्रहरीले पछिल्लो समय लागुऔषध प्रयोगकर्तादेखि लिएर तस्करसम्मलाई नियन्त्रणमा लिन चौतर्फी प्रयास थालेको छ।
यद्यपि खुला सिमाना, काउण्टर पार्ट(भारतीय पक्ष)को तदारुकताको अभाव तथा सीमा छेउकै स्थानीयको संलग्नतालगायतका कारणले लागुऔषध तस्करीलाई नियन्त्रण गर्न प्रहरीलाई समेत कठिनाइ भइरहेको अवस्था छ।
यसबाहेक मध्यपहाडी जिल्लाका लागुऔषध प्रयोगकर्तासँगै ओसारपसारमा संलग्न तस्करहरूका लागि सप्तरीस्थित नाकाहरू मुख्य रोजाइ बन्न पुगेको हो।
प्रतिक्रिया दिनुहोस्