वीरगञ्जमा करेन्ट लागेर एक महिलाको मृत्यु

काठमाडौं, भदौ १३ । वीरगञ्जमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिकाको रानीघाटमा करेन्ट लागेर सखुवाप्रसौनी गाउँपालिका–२ प्रसौनी घर भई वीरगजमा डेरा गरी बस्दै आएका लालबहादुर दासकी श्रीमती ३६ बर्षिया रोमा देवी दासको मृत्यु भएको हो ।

घरमै रहेको कलधारामा जडान गरिएको मोटरबाट करेन्ट सर्ट भई उनलाई करेन्ट लागेको थियो ।
गम्भिर घाइते अवस्थामा नारायणी उपक्षेत्रिय अस्पताल र्पुयाएको थियो ।

उपचारको क्रममा उनको निधन भएको नारायणी अस्पतालस्थित प्रहरी बिटले जानकारी दिएको छ । शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।

पछिल्लो समय करेन्ट लागेर ज्यान जानेको संख्या बढ्न थालेको छ । दिनानुदिन विभिन्न स्थानमा यस्ता घटना बढ्दै जान थालेका छन्

प्रतिक्रिया दिनुहोस्