तिजमा छोरी लिन गएकी आमाको खोलाले बगाउँदा ज्यान गयो
काठमाडौं, भदौ १२ । रामेछापमा खोलाले बगाउादा तिजमा छोरी लिन गएकी आमाको ज्यान गएको छ । । बीच बाटोसम्म लिन गएकी ५६ वर्षीया राधिकादेवी कार्कीको बुधबार साँझ खोलाले बगाउँदा ज्यान गएको हो ।
उमाकुण्ड गाउँपालिका वडा नम्बर ३ की ५६ वर्षीया राधिका कार्की सोलुखुम्बुको सगरडाँडाबाट माइत आउँदै गरेकी छोरीलाई बीच बाटोसम्म लिन गएककी थिइन्। लगातार वर्षाका कारण उनको घरभन्दा केही पर रहेको ठाडो खोलामा आएको बाढीले उनलाई बगाएको हो ।
छोरीले आमालाई पटक–पटक सम्पर्क गर्दा पनि सम्पर्क हुन नसकेपछि घरमा खबर गरेकी थिइन् । घरपरिवारका सदस्यहरुले पनि राधिका घरमा नफर्किएको बताएपछि गाउँलेहरु मिलेर राधिकाको खोजीमा जुटेका थिए ।
बिहीबार बिहान राधिकाको शव झण्डै ६५ मिटर तल खोलाको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रविभूषण यादवले बताए ।
प्रतिक्रिया दिनुहोस्