सेयर बजारमा बुधबार १०.२६ अंकको गिरावट, सबै समूह ओरालोमा

काठमाडौं, भदौ ११। सेयर बजारमा बुधबार गिरावट आएको छ । बजार १०.२६ अंकले घट्दा ३७ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज १३ लाख २१ हजार ४ सय ८६ कित्ता सेयर किनबेच भएको हो । कारोबारमा १६८ कम्पनी सामेल थिए ।

आज बैंकिङ, होटल, विकास बैंक, जलविद्युत लगायत सबै समुह ओरालो लागेको छ ।

बजार घट्दा दिव्यशवरी हाइड्रोपावर, सामुदायिक लघुवित्त वित्तिय संस्था, हिामलयन डिस्टिलरी लगायतले सबैभन्दा बढी गुमाएका छन् ।

आज सबैभन्दा बढी कारोबार रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरको भएको छ । यसको १० करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्