ओखलढुंगामा चट्याङ लागेर एक वृद्धाको मृत्यु, एक घर जलेर ध्वस्त

काठमाडौं, भदौ १० । ओखलढुंगामा चट्याङ लागेर एक वृद्धाको मृत्यु भएको छ भने एक घर जलेको छ ।

सोमबार बेलुका पानीसँगै परेको चट्याङले लागेर जिल्लाको सुनकोशी गाउँपालिका १ भिरगाउँका ६८ वर्षिया कृष्णमाया मगरको चट्याङ लागेर मृत्यु भएको हो ।

घरनजिकैको बारीमा घाँस काट्दै गरेका मगरलाई एक्कासी चट्याङले लागेको स्थानीयले बताएका छन् । चट्याङले लागेका मगरलाई स्थानियले उद्धार गरी घरमा ल्याउदै गर्दा मृत्यु भएको ओखलढुंगा प्रहरी निरिक्षक राजिव श्रेष्ठले बताए ।

त्यस्तै सोमबार नै जिल्लाको चम्पादेबी गाउँपालिका ८ बिलन्दुमा एक स्थानियको घरमा चट्याङ पर्दा टिनको छानो भएको घर जलेको छ । स्थानीय भोला बहादुर गुरुङको घरमा चट्याङ परेर आगलागी हुदाँ घर जलेको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

आगलागीका कारण गुरुङको करिब १ लाख ६० हजार बराबरको क्षती भएको प्रहरीको अनुमान छ ।

गर्दा मृत्यु भएको ओखलढुंगा प्रहरी निरिक्षक राजिव श्रेष्ठले बताए ।
त्यस्तै सोमबार नै जिल्लाको चम्पादेबी गाउँपालिका ८ बिलन्दुमा एक स्थानियको घरमा चट्याङ पर्दा टिनको छानो भएको घर जलेको छ ।

स्थानीय भोला बहादुर गुरुङको घरमा चट्याङ परेर आगलागी हुदाँ घर जलेको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

आगलागीका कारण गुरुङको करिब १ लाख ६० हजार बराबरको क्षती भएको प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्