साताको तेस्रो दिन सेयर बजारमा चार अंकको सुधार
काठमाडौं, भदौ १० । साताको तेस्रो दिन (मंगलबार) सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा चार अंकको सुधार आएको छ ।
आज नेप्से ४.८७ अंकले बढेर १ हजार २ सय ८ अंकमा पुगेको हो । नेप्से बढेको दिन सेन्सिटिभ इन्डेक्स्ट पनि १.०३ अंकले बढेर २ सय ६३.३९ अंकमा पुगेको छ ।
बजारमा १ सय ६७ कम्पनीका ८ लाख ५० हजार ३ सय ८६ कित्ता सेयर २४ करोड ४६ लाख ६८ हजार २ सय ९ रुपैयाँमा कारोबार भए । कारोबारमा आएका ११ वटा समूहगत उपसुचकमध्य होटल र निर्जीवन बिमा समूह ओरालो लागे भने बाँकी सबै समूह उकालो लागे ।
आज लाइफ इन्स्योरेन्स समूह सर्वा्धिक १५.३ अंकले उकालो लागेको हो ।
मंगलबार बजारमा एनआईशी एशिया बैंकको सेयरको कारोबार सबैभन्दा धेरै भयो । कम्पनीको सेयर २ करोड ३६ लाख २८ हजार १ रुपैयाँमा कारोबार भएको हो ।
सेयर बजार बढेको दिन सबैको लघुवित्त वित्तीय संस्थानका लगानीकर्ताले सर्वा्धिक कमाए । कम्पनीको सेयर ९.९४ प्रतिशतले बढेको हो ।
त्यसैगरी, सिटी एक्सप्रेसका लगानीकर्ताले सर्वा्धिक ६.८९ प्रतिशत सेयर मूल्य गुमाए ।
प्रतिक्रिया दिनुहोस्