विद्युत् चोरी गर्ने ४ जना पक्राउ

काठमाडौं, भदौ १० । सप्तरीको विभिन्न स्थानबाट पोलमा सिधै हुकिङ गरेर विद्युत् चोरी गर्ने चार जनालाई पक्राउ गरिएको छ ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र राजविराजबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले चोरी गर्ने ति चार जनालाई पक्राउ गरेको हो।

यपक्राउ पर्नेमा राजविराज नगरपालिका ५ का अनिल साह, १६ का रामरुप यादव, छिन्नमस्ता गाउँपालिका ३ का मो. फिरोज आलम, र मो. इनताज हुसैन रहेको वितरण केन्द्र राजविराजका प्रमुख चन्द्रनारायण साहले जानकारी दिए ।

प्राधिकरणका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त विद्युत् चुहावट नियन्त्रण टोलीले विद्युत् पोलमा सिधै हुकिङ्ग गरी विद्युत् प्रयोग गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको उनले जानकारी दिए ।

उक्त टोलीले विद्युत् चोरी गरी प्रयोग गरिरहेको विद्युतीय सामग्रीहरु समेत बरामद गरिएको छ । टोलीले मिटर एक थान र पंखा एक थान बरामद गरेको छ । पक्राउ परेका उपर विद्युत् ऐन अनुसार कारबाही गरी जरिवाना तिरेपछि रिहा हुने बताइएको छ ।

गत आर्थिक वर्षमा पोलमा सिधै हुकिङ्ग गरिरहेको अवस्थामा छ सय १३ जनालाई पक्राउ गरिएको थियो । पक्राउ परेकाहरुबाट आर्थिक कारबाही स्वरुप जरिवानाबाट रु। सात करोड ९७ लाख सात हजार २२६ असुली भएको प्रमुख साहले जानकारी दिए ।यस्ता कयौ चोरहरुलाई विभिन्न समयमा प्रक्राउ गर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्