रवि लामिछानेका ४८ जना समर्थक रिहा

काठमाडौं, भदौ १० । कार्यक्रम प्रस्तोता रवि लामिछानेसहितका तीन जनाको पक्राउको विरोधमा भएको प्रदर्शनका क्रममा पक्राउ परेकाहरुलाई आज छाडिएको छ । सो क्रममा सोमबारसम्म ४८ जना पक्राउ परेका थिए ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका लामिछानेसहित तीनै जना सोमबार धरौटीमा रिहा भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार आज बिहानदेखि आफन्तको जिम्मामा उनीहरुलाई छाड्न शुरु गरिएको हो ।

यसैबीच पत्रकार पुडासैनी मृत्यु प्रकरणमा धरौटीमा रिहा भएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले आज यहाँ पत्रकार सम्मेलन गरी अदालतको आदेश शिरोधार्य गर्दै अगाडि बढ्ने बताएका छन् ।

उनको रिहाइको माग गदै चितवन लगाएत विभिन्न जिल्लामा जनता सडकमा आएका थिए।

लमिछानेसहित ३ नै जना हिजो रिहा भएका छन् । अदालतको आदेश संगै उनीहरु रिहा भएका हुन।

रिहा हुदा उनका समर्थकले आफ्नो जित भएको भन्दै खुशियाली समेत मनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्