आजको मौसमः भारी वर्षाको सम्भावना , कहाँ कहाँ ?
काठमाडौँ , भदौ ८ । देशभर आइतबारको मौसम बदली भएर अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशको पश्चिमी भूभागमा सामान्य देखि पूर्ण बदली र मध्य तथा पूर्वी भूभागमा आंशिक देखि सामान्य बदली रहने मौसमविदले बताएका छन् ।
मौसमविदका अनुसार पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्सहित हल्का देखि मध्यम वर्षा हुनेछ। त्यस्तै पश्चिमी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ ।
प्रतिक्रिया दिनुहोस्