गोरखाको बारपाकमा भिषण पहिरो : २४ घर परिवार विस्थापित

काठमाडौं, भदौ ५। गोरखाको बारपाकान बुधबार रातिको भीषण वर्षापछि आएको पहिरोले २४ घर परिवार विस्थापित भएका छन् । ३ घण्टासम्मको लगातारको वर्षाले गर्दा २४ घर परिवारको विच्चली भएको छ ।

लगातारको वर्षाले बारपाक सुलिकोट गाउँपालिका–२, रुदुकाका देवबहादुर गुरुङको घर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

बारपाक सुलिकोट गाउँपालिकाको वडा नम्बर १ र २ को सीमामा गएको पहिरोले दुवै वडाका २४ घर उच्च जोखिममा परेको प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले जनाकारी दिए ।


जोखिममा परेका सबैजसो घरधुरी सुरक्षित ठाउँमा सरेको र केहीले आफनत र छिमेकिको घरमा आश्रय लिएको पनि उनले बताए ।

पहिरोको कारण स्थानीय तुम्सिका लघु जलविद्युत आयोजनाको नहरमा पनि क्षति पुगेको छ । नहर पहिरोले पुरिएपछि जलविद्युत आयोजनाको उत्पादन बन्द भएको वडाध्यक्ष विकले बताए ।

प्रतिक्रिया दिनुहोस्