रसुवागढी नाका जोड्ने सडक पहिरोले अवरुद्ध, गाडी आवत–जावत ठप्प

काठमाडौं, भदौ ५ । रसुवाको राम्चे–ग्राङ सडक खण्डमा पहिरो गएपछि रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ ।

बुधबार राति १० बजे गएको पहिरोले सडकको आधा भाग भत्किएको छ । साना गाडी आवत–जावत गर्न सक्ने भए पनि ठूला गाडी आवत–जावत गर्न नसक्ने प्रहरीले जनाएको छ ।

ठूला गाडी सञ्चालनमा ल्याउनका लागि भित्तो काटेर डाइभर्सन निर्माण गर्नुपर्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्