साताको तेस्रो दिन :बढ्न सकेन सेयर बजार

काठमाडौं, भदौ ३ । साताको पहिलो दोस्रो दिन हरियाली छाएको सेयर बजार तेस्रो दिन भने बढ्न सकेन ।

साताको तेस्रो दिन आज सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा ८ अंकको गिरावट आएको छ । मंगलबार नेप्से ८.४३ अंकले घटेर १ हजार २ सय १३.६३ अंकमा पुगेको हो । नेप्से घटेको दिन सेन्सिटिभ इन्डेक्स्ट पनि १.७६ अंकले घटेर २ सय ६३.१९ अंकमा पुगेको छ ।

आज बजारमा १ सय ६५ कम्पनीका ११ लाख ७३ हजार ५ सय १० कित्ता सेयर २७ करोड २५ लाख ९ हजार २० रुपैयाँमा कारोबार भयो । बजारमा कारोबारमा आएका १२ वटा समूहगत उपसुचक मध्य ट्रेडिङ समूह र म्युच्युल फण्ड समूह उकालो लागेका छन् भने बाँकी सबै समूह ओरालो लागे ।

नेप्से घटेको दिन बजारमा सोल्टि होटलको सेयरको कारोबार सबैभन्दा धेरै भयो । कम्पनीको सेयर ४ करोड ३५ लाख ८४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको हो ।

यस दिन बिशाल बजार कम्पनीका लगानीकर्ताले सर्वा्धिक कमाए । कम्पनीको सेयर ५.६२ प्रतिशतले बढेको हो । त्यसैगरी, पाँचथर पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक ९.५६ प्रतिशत सेयर मुल्य गुमाउन पुगे ।

प्रतिक्रिया दिनुहोस्