प्रदेश १ मा पानीमा डुबेर २४ घण्टाभित्रमा ४ जनाको मृत्यु

काठमाडौं, भदौं, १। २४ घण्टाभित्रमा प्रदेश १ मा पानीमा डुबेर ४ को मृत्यु भएको छ । प्रदेश नम्बर १ का विभिन्न जिल्लामा पानीमा डुबेर गएको २४ घण्टाभित्रमा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मोरङको रतुवामाई नगरपालिका वडा नम्बर-७, सिजुवाका शिव मुखियाका १० वर्षीय छोरा आकाश मुखियाको खोलामा डुबेर मृत्यु भयो भने शनिबार बिहान घरबाट हिँडेका आकाश साँझसम्म नफर्किएपछि परिवारले इलाका प्रहरी कार्यालय सिजुवामा खबर गरे । प्रहरीले उनलाई राति रतुवा खोलामा मृत अवस्थामा फेला र्पायो ।


यता झापाको बिर्तामोड नगरपालिका वडा नम्बर(३, विराट पोखरा बस्ने रोशन बेसराका २ वर्षीय छोरा अजित बेसराको खेल्ने क्रममा घर नजिकै रहेको अदुवा खोलामा डुबेर मृत्यु भयो । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सुनसरीको ईटहरी उपमहानगरपालिका वडा नम्बर ६ का ४० वर्षीय मोहन भट्टराईको पनि खेती खोलामा डुबेर मृत्यु भयो ।


सुनसरीकै रामधुनी नगरपालिकामा पनि एक जनाको पोखरीमा डुबेर ज्यान गयो । रामधुनी वडा नम्बर-६, ईचोल बस्ने ५० वर्षका सरिलाल राजधामीको घर नजिकै रहेको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्