१५ किलो अवैध चाँदीसहित एक भारतीय नागरिक धनुषाबाट पक्राउ
काठमाडौं, साउन ३२ । धनुषाबाट १५ किलो अवैध चाँदीसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको मधुवनी जिल्लाका २७ वर्षीय बन्धुकुमार सिंह छन् ।
उनलाई शनिबार दिउँसो धनुषाको औरही गाउँपालिका(२, देउरीबाट सशस्त्र प्रहरी बलको टोलीले जाँचका क्रममा पक्राउ गरेको हो ।
ज ८ प ९२३५ नम्बरको नेपाली नम्बर प्लेटको मोटरसाइकलको ट्यांकीमुनि प्लास्टिकको पाँचवटा पोकामा चाँदीको बुनियादाना लुकाएर भारत तर्फ लाने क्रममा जाँच गर्दा पक्राउ गरिएको सशस्त्र बल प्रहरी धनुषाका उपरीक्षक राजेश उप्रेतीले जानकारी दिए । उनका अनुसार बरामद गरिएको चाँदी १० लाख ९३ हजार १ सय १० रुपैयाँ मूल्य बराबरको छ ।
बरामद गरिएको अवैध चाँदी र मोटरसाइकल सहित सिंंहलाई आवश्यक कारबाहीको लागि जनकपुर भण्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्